२०८३ बैशाख १८ गते , शुक्रबार

झापामा बुष्टर डोज शुरु गर्न हप्ता दिन बढी लाग्ने

sajilo news
परिवेश मिडिया
२०७८ माघ ११ गते , मंगलबार
झापामा बुष्टर डोज शुरु गर्न हप्ता दिन बढी लाग्ने

बिर्तामोड । कोरोनाको नयाँ भेरियण्ट तिव्रगतिमा फैलिएसँगै सरकारले कोरोना बिरुद्धको खोपको बुष्टर डोज लगाउन शुरु गरेको छ । तर झापामा भने खोपको दोस्रो मात्रा नै नसकिएका कारण बुष्टर डोज शुरु गर्न हप्ता दिन बढी समय लाग्ने बताइएको छ ।
'झापाका केही पालिकामा दोस्रो मात्रा नै सकिएको छैन', स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले भने'हप्ता दस दिनमा खोपको पूर्ण मात्रा सकेर बुष्टर शुरु गर्ने योजनामा छौँ ।' हप्ता दस दिन भित्र दोस्रो मात्रा सकिने भएपनि बुष्टर खोप भने आइ नसकेको उनले बताए । झापामा भेरोसिल खोप बढी प्रयोग भएको र हाल भेरोसिल खोप अभाव रहेको जानकारी केन्द्रले गराएको उनको भनाई छ । असार मसान्तसम्ममा खोपको पूर्ण मात्रा लगाइ सकेकाहरुलाई बुष्टर डोज दिइने उनले जानकारी दिए ।
घिमिरेका अनुसार कचनकवल, झापा, बिर्तामोड, दमक र कनकाईमा अभियानको रुपमा खोप कार्यक्रम सकिएको र छिटफुट रुपमा खोप हानिदैछ । अन्य पालिकाहरुमा दोस्रो खोप हानिँदै छ । ती पालिकाहरुमा दोस्रो खोप हानिसके पछि बुष्टर शुरु गर्ने घिमिरेको भनाई छ । सोमबारसम्म झापामा ४ लाख ७५ हजार ९५६ जनालाई पहिलो मात्रा र ४ लाख २१ हजार ५५२ जनालाई दोस्रो मात्राको खोप हानिसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार