२०८३ बैशाख १८ गते , शुक्रबार
बोलेरो दुर्घटना हुँदा १ को मृत्यु ५ जना घाईते
उदयपुर । जिल्लाको कटारी नगरपालिका ४ सिद्दिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हुनुका साथै ५ जना घाईते भएका छन । मृत्यु हुनेमा कटारी ८ का ३८ बर्षीय बिक्रम राना मगर रहेको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भईरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालक कटारी ८ का प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।