२०८३ बैशाख १८ गते , शुक्रबार
भन्सार छलेर ल्याएको ९ लाख ९२ हजार बढीको सामान बरामद
बिर्तामोड । प्रहरीले झापा मेचीनगर १२ सहरेडाँगी चोकबाट भन्सार छलेर ल्याएको गाडीको मोटर पार्टस बरामद गरेको छ । सोमबार दिउँसो १२:२० बजे विषेश सूचनाका आधारमा ९ लाख ९२ हजार ८७० रुपैँया मूल्य बराबरको भन्सार छलेर ल्याउँदै गरेको मोटर पार्टस बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी चौकी चारआलीको प्रहरी टोलीले ईलाम सुर्योदय नगरपालिका २ बस्ने मनोज खड्काले चलाएको बा ४ च ३०९ नम्बरको वेगनर कार रोकेर जाँच गर्दा अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको कारहरुमा प्रयोग हुने विभिन्न मोटर पार्टसहरु फेला पारेको थियो । प्रहरीले बरामद सामान सहित मानिस तथा कारलाई काँकरभिट्टा भन्सार कार्यालय दाखिला गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।