२०८३ बैशाख १८ गते , शुक्रबार

पहिलो पटक मधेसी महिलालाई डीआईजी बनाएको भन्दै डाक्टरहरुले दिए गृहमन्त्रीलाई धन्यवाद

sajilo news
परिवेश मिडिया
२०७८ पौष २९ गते , विहीबार
पहिलो पटक मधेसी महिलालाई डीआईजी बनाएको भन्दै डाक्टरहरुले दिए गृहमन्त्रीलाई धन्यवाद

काठमाण्डौ पूजा सिंहलाई मधेसी महिलाबाट पहिलो पटक प्रहरी नायव महानिरक्षिक (डीआईजी) मा बढुवा गरेर प्रशंसनीय काम गरेको डाक्टरहरूले बताएका छन्

बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई मन्त्रालयमा भेटेर डाक्टरहरूको प्रतिनिधि मण्डलले मधेसको महिलाबाट सिंहलाई डीआईजी बनाउनु गृहमन्त्रीको प्रसंशनीय काम भएको भन्दै धन्यवाद दिएका हुन्

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. भरत यादव, डा. अरुणकुमार सिंह, डा. अनुज सिंह, डा. शिव बस्नेत, सुधिरकुमार सिंह, दिपककुमार साह, निरजदेव जोशी, संञ्जिवकुमार मिश्रसहितको टोलीले गृहमन्त्री खाणलाई भेटेर सिंहलाई डीआईजीमा बढुवा गरेर सरकारले मधेसी महिलाको सम्मान गरेको क्षमताको कदर गरेको बताएको हो

सरकारले सिंहलाई डिआइजीपीमा बढुवा गरेर मधेसी महिलाको सम्मान गरेको छ। सिंहको क्षमताको कदर गरेको ,’ गृहमन्त्रीसँगको भेटमा डा. यादवले भने  

प्रहरी प्रधान कार्यालयको सिफारिसमा सिंहलाई पुष २३ गते गृह मन्त्रालयले डिआइजी बढुवाको सिफारिस गरेको थियो

सिंह प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् थिइन् उनी यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्

व्यावसायिक प्रहरीको छवि बनाएकी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्

सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन् उनी महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्

 

सम्बन्धित समाचार