२०८३ बैशाख १८ गते , शुक्रबार
दर्ज्यानी चिन्ह प्रदान
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत तीन जना प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी जवानबाट हवल्दारमा बढुवा भएका उनीहरुलाई मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
हवल्दारमा बढुवा भएका झनक बास्तोला, विमला बस्नेत र कमल अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक हरी बरालले जानकारी दिए । बरालका अनुसार बढुवा भएका हवल्दारहरुलाई कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
२०६३ साल चैत्र २० गते प्रहरी जवान पदमा सेवा शुरु गरेका उनीहरु १५ बर्षपछि बढुवा भएको बताइएको छ ।