२०८३ बैशाख १८ गते , शुक्रबार

५० लाख अवैध नगद प्रकरणमा सौर्य एयरका दुई कर्मचारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ पौष १८ गते , आईतबार
५० लाख अवैध नगद प्रकरणमा सौर्य एयरका दुई कर्मचारी पक्राउ

काठमाडौ । त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५० लाख नगदसहित सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेशा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले शनिवार पक्राउ गरेको हो । 
शनिवार विराटनगरबाट काठमाडौंमा अवतरण भएको जहाजबाट विमानस्थल प्रहरीले स्रोत नखुलेको ५० लाख नगदसहित कर्मचारी पोखरेललाई पक्राउ गरेको थियो । 
पैसाको पोको हाल्ने स्टेसन म्यानेजर पौडेल पक्राउ
५० लाख नगद बरामद प्रकरणमा सौर्य एयरलाइन्सको बिराटनगर शाखाका स्टेशन म्यानेजर प्रकाश पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेशन म्यानेजर पौडेललाई पक्राउ गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवनमा उपस्थित गराइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सुरेन्द्र मैनालीले बताए । 
करेन्ट चाउचाउको कार्टुनभित्र राखिएको पैसा चेकजाँच नगरीकन विमानमा राखिएको सुराकको आधारमा निगरानी गरेर रकम रिसिभ गर्न पुगेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको थियो ।
जहाजको इन्जिन स्टार्ट पछि पछि स्टेशन म्यानेजर पौडेलले उडान नम्बर सौ–७२४ मा सो पैसाको पोको लगेर दिएका थिए । भद्रपुर लेखिएको रातो रंगको झोलामा सो रकम फेला परेको थियो ।

सम्बन्धित समाचार