२०८३ बैशाख १८ गते , शुक्रबार

कम्प्युटर चोरी गरेको आरोपमा दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ पौष १४ गते , बुधबार
कम्प्युटर चोरी गरेको आरोपमा दुई जना पक्राउ

बिर्तामोड । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका ४ मा रहेको मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गरेको आरोपमा दुई जना पक्राउ  परेका छन । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ ५ का १८ बर्षीय परवेज आलम र २१ बर्षीय सुरज भुजेल रहेको प्रहरीले जनाएको छ ।

पव्लिक स्कुलको  कोठाबाट कम्प्युटरको सीपीयु ३ थान, एलसीडी ३ थान, प्रोजेक्टर १ थान र पानी तान्ने मोटर २ थान चोरी भएको प्रदेश  कार्यालय बिराटनगरले जनाएको छ ।

चोरी भएको सुचना प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद जनाएको छ । दुवै जनाले राती २ बजे ह्याक्सो ब्लेडले स्कुलको ढोकाको चाबी काटी उक्त समानहरु चोरी गरका थिए । बरामद भएको समान सहित चोरीमा समलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान भईरहेको बताइएको छ ।

सम्बन्धित समाचार