२०८३ बैशाख १८ गते , शुक्रबार

पिक्निक खाएर फर्कँदै गरेको बसको ठक्करबाट इलामका दुई युवाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
पिक्निक खाएर फर्कँदै गरेको बसको ठक्करबाट इलामका दुई युवाको मृत्यु

बिर्तामोड पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका दुर्गापुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

बुधबार राति ७ः४० बजे पूर्वबाट पश्चिम तर्फ गइरहेको ना ७९३७ नम्बरको बसले विपरित दिशातर्फ आइरहेको मे २८४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इलाम रोङ गाउँपालिका वडा नम्बर का ३३ बर्षीय सन्तोष राई सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको दुर्घटनामा गम्भीर घाइतेद्वयको उपचारको क्रममा बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए

मृतक दुवैजना मोटरसाइकलमा सवार थिए ठक्करदिने बस इलामको कन्याममा पिक्निक खाएर गन्तब्य स्थल इटहरीतर्फ जाँदै गरेको बताइएको तीव्र गतिमा रहेको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन्

प्रहरीले मोटरसाइकल, बस बस चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर बस्ने ३१ बर्षीय सरोज ढकाललाई नियन्त्रणमा लिएको

सम्बन्धित समाचार