२०८३ बैशाख १७ गते , विहीबार
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई अनुशासन उल्लंघन गरेको आरोपमा पद मुक्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने निर्णय भएको हो ।