२०८३ बैशाख १८ गते , शुक्रबार

इलामको हर्कटेमा भेन दुर्घटना हुँदा नाम्सालिङका दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २८ गते , मंगलबार
इलामको हर्कटेमा भेन दुर्घटना हुँदा नाम्सालिङका दुई जनाको मृत्यु

इलाम इलामको सूर्योदय नगरपालिका हर्कटेमा भेन दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको मंगलबार ३ः१५ बजे कुटिडाँडाबाट फिक्कल तर्फ गइरहेको मे ३३०७ नम्बरको भेन सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो

दुर्घटनामा परि माइजोगमाई नाम्सालिङ निवासी रामप्रसाद तिम्सिना भरतप्रसाद घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको दुर्घटनाबाट गम्भिर घाइते ७६ बर्षीय तिम्सिना   ४० बर्षीय घिमिरेको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको जनाइएको दुर्घटनाबाट सोहि स्थानका ४० बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीय पदम तिम्सिना पदमका बर्षीय छोरा प्रकृत तिम्सिना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको त्यस्तै, सोहि स्थान बस्ने ३१ बर्षीया यशोदा घिमिरे, मृतक भरतका छोरा बर्षीय भर्षन घिमिरे छोरी बर्षीया प्रज्ञा घिमिरे घाइते भएको र झापाको अस्पतालमा उपचार भइरहेको बताइएको

चालक माइजोगमाई बस्ने ३६ बर्षीय भिम खवास सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार