२०८३ बैशाख १८ गते , शुक्रबार
ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु
ताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाँउपालिका–४ लप्सीबोटे स्थित आमबोटे भिरमा ट्याक्टर दुर्घटना भएको छ । भिरबाट ५ सय मिटर तल झर्दा भएको दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका–६ का २६ बर्षीय राजु राजवंशी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज बिहान साढे १० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटनाहुँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।