२०८३ असार १४ गते , आईतबार

ट्राफिक प्रहरीद्वारा लाइसेन्सप्राप्त चालकलाई ज्याकेट वितरण

sajilo news
परिवेश मिडिया
२०८३ असार १४ गते , आईतबार
ट्राफिक प्रहरीद्वारा लाइसेन्सप्राप्त चालकलाई ज्याकेट वितरण

बिर्तामोड । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेका तीन पाङ्ग्रे सिटी सफारी चालकहरुलाई ज्याकेट वितरण गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा तथा ट्राफिक प्रहरी पोष्ट काकड्भिट्टा र मेची नेत्रालय काकडभिट्टाको सहकार्यमा "सुरक्षित चालक" अंकित फ्लोरोसेन्ट ज्याकेट वितरण गरिएको हो ।

सिटि सफारी चालकहरुलाई चालक अनुमति प्राप्त गर्न प्रेरित गर्नुका साथै यात्रुहरुलाई सहज तथा सुरक्षित गर्ने उद्धेश्यले ज्याकेट गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

मेचीनगर क्षेत्रमा रहेर सिटी सफारी चलाउँदै आएका चालकहरुलाई आईतबार दुई सयसहित जम्मा ४ सय ज्याकेट वितरण गरिएको कार्यालय प्रमुख राईले बताए । लाइसेन्स प्राप्त चालकहरूलाई ज्याकेट अनिवार्य लगाएर सवारी चलाउन अनुरोध गरिएको र यात्रुहरूलाई समेत लाइसेन्स प्राप्त चालक पहिचान गरी सुरक्षित यात्रा गर्न सहज हुने उनको भनाइ छ । 

सम्बन्धित समाचार