२०८३ असार १४ गते , आईतबार

मेची राजमार्ग अवरुद्ध

sajilo news
परिवेश मिडिया
२०८३ असार १४ गते , आईतबार
मेची राजमार्ग अवरुद्ध

बिर्तामोड । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा गएको पहिरोका कारण मेची राजमार्गमा यातायात अवरुद्ध भएको छ ।
गएरातिदेखि लेदोसहितको पहिरोका कारण राजदुवाली खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द भएको छ ।
आज बिहान ५ः३० बजे इलाम रोङ गाउँपालिका ४ डुमी चोकस्थित मेची राजमार्गमा वर्षाका कारण सडकको भित्ताको डिस्को र सखुवा जातको रुख झरी सवारी साधन आवत–जावत बन्द भएको हो । प्रहरी चौकी किटेनीबाट प्रहरी टोली खटिएको र बाटो खुलाउन स्थानीय निकायसंग आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार