२०८३ असार १४ गते , आईतबार

बिर्तामोडमा कलाबाइटले सुरु गर्यो सेवाप्रवाह

sajilo news
परिवेश मिडिया
२०८३ असार १४ गते , आईतबार
बिर्तामोडमा कलाबाइटले सुरु गर्यो सेवाप्रवाह

बिर्तामोड । झापा बिर्तामोडका युवाहरुले कलाबाईट कम्पनी स्थापना गरी सेवा सुरु गरेका छन् । सबै खाले प्राविधिक सेवा दिने उद्देश्यले स्थापित कम्पनीले शनिबारबाट सेवा शुरु गरेको हो ।
घर नक्सादेखि डिजिटल मार्केटिङसम्म एउटै छानामुनि बाट सेवा दिने उद्धेश्यले कम्पनी शुरु गरिएको सञ्चालक मध्येका युनिक बास्कोटाले जानकारी दिए ।
कम्पनीले घर नक्सा, वेबसाइट निर्माण, थ्री डी डिजाइन, सफ्टवेयर निर्माण, सामाजिक सञ्जाल ह्याण्डलिङआदि काम गर्ने जनाएको छ ।
बिर्तामोड ५ स्थित एमीटी रोडमा रहेको कम्पनीको सञ्चालकका अभिभावकहरु महेश्वरा बास्कोटा, छविलाल र पार्वता उप्रेतीलगायतले उद्घाटन गरेका थिए । कम्पनीमा युनिक बास्कोटासहित राजु बिमली र उदय राजवंशी सञ्चालक रहेका छन् । 

सम्बन्धित समाचार