२०८३ असार १३ गते , शनिबार

अभिषेक गिरीमाथि कैदीबन्दीसंग रकम असुलेको आरोप

sajilo news
परिवेश मिडिया
२०८३ असार १३ गते , शनिबार
अभिषेक गिरीमाथि कैदीबन्दीसंग रकम असुलेको आरोप

बिर्तामोड । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता एवं कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारका कैदीबन्दीहरू आन्दोलित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । गिरी पक्राउ परेपछि गिरीसँगको मिलेमतोको आशङ्कामा प्रहरीले कारागारका वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएपछि कैदीबन्दीले नारावाजी गरेका थिए । नाइके यादवलाई कारागारबाट अन्यत्र सार्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् । कैदीबन्दीले गिरीलाई कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने माग राखेका छन् । तनाव बढेपछि प्रहरीले यादवलाई पुनः कारागारमै लगेर बयान लिन थालेको छ ।
प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । सो क्रममा घरबाट केही तमसुकहरू नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ । सुरक्षा निकायका एक उच्च अधिकारीका अनुसार गिरीले कारागारमा नाइके हुँदा जेल पर्नु अगाडीकै मितिमा विभिन्न बहानामा कैदीबन्दीहरूलाई तमसुक गराएर पैसा असुल्ने गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको लुगा भत्ता तथा उनीहरूले कारागारभित्र मुडा र गलैँचा बुनेर कमाएको रकम समेत जबरजस्ती लिने गरेको आरोप छ । हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन् । उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ । यसबाहेक सरकारले वार्षिक रूपमा जाडो र गर्मीका लागि छुट्टाछुट्टै २५ सयका दरले प्रति कैदी ५ हजार रुपैयाँ कपडा भत्ता उपलब्ध गराउँछ ।
कारागारभित्र करिब ५ सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको रकम र सरकारी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीको खातामा पठाउन लगाएर असुल्ने गरेको प्रहरी स्रोतको दाबी छ ।
पक्राउ परेपछि गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । प्रहरी स्रोतका अनुसार गिरीले मुटु दुखेको भन्दै अस्पताल लैजान प्रहरीलाई दबाब दिइरहेका छन् । मोरङका प्रहरी नायव उपरीक्षक(डीएसपी) महेन्द्र कुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गर्ने गरेको सूचनाका आधारमा गिरीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउपरेपछि मोरङ कारागारमा तनाव विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग रकम असुली गरेको आरोपमा नेपाली कांग्रेसका नेता एवं कारागारका पूर्वचौकीदार अभिषेक गिरी पक्राउ परेपछि मोरङ कारागारका कैदीबन्दीहरू आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो । गिरी पक्राउ परेपछि गिरीसँगको मिलेमतोको आशङ्कामा प्रहरीले कारागारका वर्तमान नाइके राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएपछि कैदीबन्दीले नारावाजी गरेका थिए । नाइके यादवलाई कारागारबाट अन्यत्र सार्न खोजिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
कैदीबन्दीले गिरीलाई कारबाही गर्नुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने माग राखेका छन् । तनाव बढेपछि प्रहरीले यादवलाई पुनः कारागारमै लगेर बयान लिन थालेको छ । प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । सो क्रममा घरबाट केही तमसुकहरू नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ । सुरक्षा निकायका एक उच्च अधिकारीका अनुसार गिरीले कारागारमा नाइके हुँदा जेल पर्नु अगाडीकै मितिमा विभिन्न बहानामा कैदीबन्दीहरूलाई तमसुक गराएर पैसा असुल्ने गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो र गर्मीको लुगा भत्ता तथा उनीहरूले कारागारभित्र मुडा र गलैँचा बुनेर कमाएको रकम समेत जबरजस्ती लिने गरेको आरोप छ । हाल मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन् । उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ । यसबाहेक सरकारले वार्षिक रूपमा जाडो र गर्मीका लागि छुट्टाछुट्टै २५ सयका दरले प्रति कैदी ५ हजार रुपैयाँ कपडा भत्ता उपलब्ध गराउँछ ।
कारागारभित्र करिब ५ सय जनाले मुडा र १०० जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको रकम र सरकारी भत्तासमेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीको खातामा पठाउन लगाएर असुल्ने गरेको प्रहरी स्रोतको दाबी छ ।पक्राउ परेपछि गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
मोरङका प्रहरी नायव उपरीक्षक(डीएसपी) महेन्द्र कुमार मिश्रले कैदीबन्दीलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गर्ने गरेको सूचनाका आधारमा गिरीलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार