२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको नीति तथा कार्यक्रममा सरोकारवालाको सुझाव समेटिने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २१ गते , शनिबार
बिर्तामोडको नीति तथा कार्यक्रममा सरोकारवालाको सुझाव समेटिने

झापा   बिर्तामोड नगरपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम निर्माण गर्दा सरोकारवालाहरुको सुझाव समेट्ने भएको शुक्रबार नगरपालिकामा भएको विभिन्न कार्यालयका प्रमुखहरुसँगको छलफलमा नगरप्रमुख पवित्रा महतरा प्रसाईले त्यस्तो बताएकी हुन्  

बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसँग छलफल गर्दै उनीहरुको राय सुझाव लिएको

कार्यक्रममा बोल्दै नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टीकल फाइबर तारहरु चोरीहुने क्रम बढेको बताउँदै पछिल्लो एक महिनामा स्थानमा तार चोरी हुँदा सेवा अवरुद्ध हुनुकासाथै ठुलो नोक्सानी भएको जानकारी दिए उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत तथा टेलिकमका पोलमा आफुखुशी राखेका तारहरु हटाउनु पर्ने बताए

त्यस्तै नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरु सार्नु पर्ने त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावका कारण समस्या भएको बताए उनले विद्युत पोल स्थानान्तरण प्रक्रिया लामो तथा झण्जटिलो हुने भएकोले त्यसलाई छोट्याउनु पर्नेमा जोड दिए

छलफल कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सीसी क्यामेरा जडान भएपनि गुणस्तरीय नभएको बताए बिर्तामोडमा बाइक चोरीका घटना बढेको भन्दै उनले मुख्य सडकको प्रवेशद्वारमा समेत सीसी क्यामेरा अनिवार्य जडान गर्नु पर्ने बताए सम्भव भएसम्म नाइटभिजन क्यामेरा जडान गर्नु पर्नेमा उनले जोड दिए सिमित जनशक्ति सवारी साधनका बावजुदपनि प्रहरीले काम गरिरहेको भन्दै उनले बिर्तामोडमा लागूऔषधका घटनामा समेत वृिद्धहुँदै गएकाले यसको न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने सुझाव दिए

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नु पर्ने बताउँदै सडकमा जडान गरीएका सीसी क्यामेरा कमसल भएकैकारण दुर्घटना गराउने व्यक्तिको पहिचान गर्न गाह्रो भएको गुनासो गरे प्रमुख जवेगुले सडक बत्ति मर्मत तथा थप गर्नु पर्ने, दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने, फुटपाथ व्यवसायको व्यवस्थापन गर्नु पर्ने जस्ता समस्याका बारेमा अवगत गराए

जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव यामकुमार चुँडालले सहकारीको माध्यमबाट किसानहरुलाई कम व्याजदरमा क्रण उपलव्ध गराउनु पर्ने लगायत सहकारीको माध्यमबाट गर्न सकिने ठोस योजनाहरु बनाउनु पर्नेमा जोड दिए

छलफलमा कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ, प्याब्सन, एन प्याब्सन, यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार