२०८३ मंसीर ८ गते , मंगलबार

एकाबिहानै भूकम्पको धक्का

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ८ गते , मंगलबार
एकाबिहानै भूकम्पको धक्का

बिर्तामोड । पूर्वी नेपाल र भारतको सिक्किम सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर आज बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार नेपाली समयअनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा  भूकम्प गएको हो ।
ईएमएससीको तथ्याङ्कअनुसार भूकम्पको केन्द्रबिन्दु २७.८३२८ उत्तरी अक्षांश र ८७.९४६७ पूर्वी देशान्तरमा जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको छ । उक्त स्थान भारतको सिक्किमस्थित ग्याल्सिङबाट ६८ किलोमिटर उत्तर–पश्चिम तथा दार्जिलिङबाट ९४ किलोमिटर उत्तर–उत्तरपश्चिममा पर्दछ, जुन नेपालको ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्र आसपास हो ।
भूकम्पको धक्का पूर्वी नेपालका पहाडी तथा तराईका जिल्लाहरूसहित भारतको सिक्किम र पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा महसुस गरिएको छ । 

सम्बन्धित समाचार