२०८३ मंसीर ८ गते , मंगलबार
१० लाख बढीको अवैध कपडा बरामद
बिर्तामोड । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको लाखौं मूल्यको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । सोमबार भद्रपुर ५ मेची किनारमा निर्माणाधीन घरमा लुकाई राखिएको १० लाख ६४ हजार बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सो घरमा भन्सार छलि गरी ल्याइएको कपडा लुकाइएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजय थापाको कमाण्डमा खटिएको टोली र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले चेक जाँच गर्दा १० लाख ६४ हजार मूल्य बराबरको १५ बरा लत्ताकपडा बरामद गरी मंगलबार आवश्यक कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ ।