२०८३ मंसीर ७ गते , सोमबार

अनियन्त्रित सिटी सफारी सडकबाट खस्यो, एकको मृत्यु, दुई घाइते

sajilo news
परिवेश मिडिया
२०८३ मंसीर ७ गते , सोमबार
अनियन्त्रित सिटी सफारी सडकबाट खस्यो, एकको मृत्यु, दुई घाइते

बिर्तामोड । झापाको शिवसताक्षीमा तीनपाङ्ग्रे सिटी सफारी अनियन्त्रित भएर सडकबाट करिब तीन मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
शिवसताक्षी नगरपालिका–१० माईधारस्थित अधिकारी चोकमा आज  सोमबार बिहान करिब ३ बजे माईधारबाट शिवगञ्जतर्फ जाँदै गरेको अनटेस्ट सिटी सफारी अनियन्त्रित भई सडकको बायाँतर्फ खसेको  इलाका प्रहरी कार्यालय झिलझिलीले जनाएको छ ।
दुर्घटनामा शिवसताक्षी–७ चन्द्रडाँगीका ४० वर्षीय हस्त राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अनुहारको बायाँ भाग र कानबाट रगत बगेको अवस्थामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सिटी सफारीमा सवार सोही ठाउँकी ५० वर्षीया गंगा राजवंशी र १२ वर्षीय मुकेश राजवंशी घाइते भएका थिए । गंगाको निधारमा र मुकेशको टाउकोको बायाँ भागमा चोट लागेको थियो । उपचारपछि दुवै घर फर्किएका छन् ।
झापा गाउँपालिकाको शरणामतीमा हिजो साँझको मेला भरेर घर फर्कने क्रममा सिटी सफारी दुर्घटना भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले  शताक्षी न्युजलाई बताए । चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।

सम्बन्धित समाचार