२०८३ कार्तिक २७ गते , शुक्रबार
इलाममा अनसनरत डा. केसीलाई काठमाण्डौ लगिँदै
बिर्तामोड । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं लगिदैछ छ ।
इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजान लागिएको हो ।
सरकारले माग पूरा गर्न चासो नदिएको भन्दै डा. केसीले गत बिहीबार इलामको नारायण मन्दिरमा अनशन सुरु गरेका थिए ।
इलाममा तेस्रो र हालसम्म डा. केसीको यो २५ औं सत्याग्रह हो ।