२०८३ कार्तिक २७ गते , शुक्रबार

बिर्तामोड खानेपानीद्वारा दैनिक २ करोड २५ लाख लिटर पानी वितरण

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक १४ गते , शनिबार
बिर्तामोड खानेपानीद्वारा दैनिक २ करोड २५ लाख लिटर पानी वितरण

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दैनिक २ करोड २५ लाख लिटर पानी वितरण गरिरहेको छ। संस्थाको शनिबार सम्पन्न २४ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो । 
संस्थाले आफ्ना १०८३३ उपभोक्ताहरूलाई सो मात्रामा पानी वितरण गरिरहेको अध्यक्ष मेघराज बास्तोलाले जानकारी दिए ।
विसं २०५१ सालमा स्थापित संस्थाले बिर्तामोडका १० वटै वडा र अर्जुनधारा नगरपालिकाका केही वडाहरूमा पानी वितरण गरिरहेको छ ।  संस्थामा हाल तीनवटा ओभरेट ट्याङ्की १४ वटा डिप बोरिङ र १२ वटा फिल्टर प्लान्ट रहेका छन्। 
संस्थाले गत आर्थिक वर्षमा ९ करोड ६० लाख ५९,६१५ आम्दानी गरेको र ८ करोड १९ लाख १८५६ रुपैयाँ खर्च भएको संस्थाकि कोषाध्यक्ष शारदा रिजालले जानकारी दिइन् । 
संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय
झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम सचिव पारस मैनालीले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार