२०८३ कार्तिक २७ गते , शुक्रबार

झापा कारागारमा अधिवक्ता कार्कीद्वारा पुस्तक हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ९ गते , सोमबार
झापा कारागारमा अधिवक्ता कार्कीद्वारा पुस्तक हस्तान्तरण

बिर्तामोड । झापा बारकी सह-सचिव एवं महिला समिति संयोजक अधिवक्ता सानु कार्की बस्नेतले झापा कारागारका कैदीबन्दीहरूको लागि पुस्तक उपलब्ध हस्तान्तरण गरेकी छन् ।
कारागारमा रहेका कैदीबन्दीहरूको बौद्धिक क्षमता र चेतनाको अभिवृद्धि गर्ने उदेश्यले पराग नामक पुस्तक हस्तान्तरण गरेकी हुन् ।
सो पुस्तकको अध्ययनबाट कैदीबन्दीहरूमा सार्वजनिक प्रशासन, संविधान, कानुन लगायतका समसामयिक बिषयबस्तुको बारेमा सैद्धान्तिक र व्यावहारिक जानकारी हुने अपेक्षा र विश्वासका साथ पुस्तक हस्तान्तरण गरेकोकारकीले बताइन् ।  कारागार कार्यालय झापाका प्रमुख पूर्ण बहादुर खत्रीले कार्कीलाई  धन्यवाद दिए ।

सम्बन्धित समाचार