२०८३ कार्तिक २७ गते , शुक्रबार

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ कार्तिक ९ गते , सोमबार
इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

बिर्तामोड । इलामको देउमाई नगरपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा परी चालक २१ वर्षीय विपिन दियालीको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ६:३० बजे देउमाई नगरपालिका १ चमैता स्थित चौरी बजारमा भएको दुर्घटनामा परी चालक दियालीको घटनास्थलमा मृत्यु भएको थियो ।
यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नं. को बोलेरो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी २ मिटर तल झरी दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । गाडीमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार