२०८३ आश्विन ११ गते , आईतबार

स्वदेश फर्किए प्रधानमन्त्री शाह

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १० गते , शनिबार
स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्। असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले असोज ९ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरे ।
त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले बेहोरिरहेको जलवायु समस्या र त्यसैको परिणामस्वरूप असोज १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको उल्लेख गरेका थिए । 

सम्बन्धित समाचार