२०८३ आश्विन १० गते , शनिबार

अविरल वर्षासँगै कोशीको बहाव बढ्यो, ३३ वटा ढोका खोलिए

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन ९ गते , शुक्रबार
अविरल वर्षासँगै कोशीको बहाव बढ्यो, ३३ वटा ढोका खोलिए

बिर्तामोड । अविरल वर्षासँगै कोशीमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि कोशी ब्यारेजको ३३ वटा ढोका खोलिएको छ ।
कोशी ब्यारेजमा रहेको ५६ वटा ढोका मध्ये ३३ ढोका खोलिएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यले जानकारी दिइन् ।
अहिले कोशी ब्यारेजमा २ लाख ५६ हजार क्युसेक बाढी मापन भएको छ । अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक मापन भएको थियो । पानीको सतह बढे पनि कोशीमा अहिलेसम्म जोखिम नरहेको मन्त्रालयकी उपसचिव आचार्यले बताइन् । तर, स्थानीय प्रशासनले जोखिम बढ्न सक्ने आकलन गरेर सो क्षेत्रमा आवश्यक सतर्कता अपनाएको छ ।
जोखिम बढेमा थप ढोकाहरू खोलिने स्थानीय प्रशासनको तयारी छ । कोशी पुल भएर चल्ने सवारी साधन रोकिएको छैन । 

सम्बन्धित समाचार