२०८३ भाद्र २७ गते , शनिबार
इलाममा अटो दुर्घटनामा घाइते आमा छोरीको मृत्यु
बिर्तामोड । शुक्रबार साँझ इलामको फाकफोकथुममा अटो दुर्घटनामा घाइते आमा छोरीको मृत्यु भएको छ ।
इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते भएका मध्ये करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको उपचारका क्रममा शुक्रबार गते राति ८ः१५ बजे बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो भने उनकी आमा करिब २७ वर्षीया कविता श्रेष्ठको पनि उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते अन्य तीन जनाको उपचार भइरहेको छ भने एक जना सामान्य रहेको र बेलुका नै गएको प्रहरीले जनाएको छ ।
अटो सडकबाट तल झर्दा पेट्रोल लीक भई आगलागी भएको थियो ।