२०८३ भाद्र २७ गते , शनिबार

इलाममा अटो पल्टिएर आगलागी हुँदा ५ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २६ गते , शुक्रबार
इलाममा अटो पल्टिएर आगलागी हुँदा ५ जना घाइते

बिर्तामोड । इलाममा इलाममा अटो पल्टिएर आगलागी हुँदा ५ जना घाइते भएका छन् । शुक्रबार साँझ अन्दाजी ५ बजे इलामको फाकफोकथुम गाँउपालिका ६ हाङ्मासुली स्थित पोखरी-कमेरे भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।
मधेश प्र-०३-००३ह ६९६७ नं. को अटो अचानक अनियन्त्रित भई सडकबाट २ मिटर तल झरी पेट्रोल लिकेज भइ आगलागी हुँदा चालकसहित अन्य मानिसहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाईतेहरुको विवरण -
१.चालक जिल्ला इलाम फाकफोकथुम गाँउपालिका ६ पोखरी बजार बस्ने वर्ष अं. ३५ को लोक ब श्रेष्ठको अवस्था गम्भीर ।२. इलाम नगरपालिका ७ तिल्केनि घर भइ ऐ. फाकफोकथुम गाँउपालिका ६ हाङ्मासुली माइति भएको वर्ष अं २७ कि कविता श्रेष्ठको अवस्था गम्भीर ।
३. कविता श्रेष्ठको छोरी वर्ष अं. ८ कि खुसिका श्रेष्ठको अवस्था गम्भीर ।
४. देउमाई नगरपालिका ४ मंगलबारे घर भइ ऐ. फाकफोकथुम गाँउपालिका ६ हाङ्मासुली माइति भएको वर्ष अं. २२ कि दुर्गा देवी श्रेष्ठको अवस्था सामान्य ।
५.  फाकफोकथुम गाँउपालिका ६ हाङ्मासुली बस्ने वर्ष २७ कि मन्दिरा थापाको अवस्था मध्यम ।
घाइतेहरूलाई उपचारको लागि झापातर्फ ल्याउँदै गरेको बुझिएको छ ।
जिल्ला झापा कन्काई नगरपालिका माईधार घर भइ ऐ. फाकफोकथुम गाँउपालिका ६ हाङ्मासुली माइति भएको वर्ष अं. ४० कि रमा कुमारी श्रेष्ठको अवस्था सामान्य भएकोले माइति तर्फ गएको ।

सम्बन्धित समाचार