पेशागत बीमा अभिकर्ता संघ हिमालयन बिमकद्वारा बाढी पीडितलाई सहयोग
बिर्तामोड । पेशागत बीमा अभिकर्ता संघ नेपाल (हिमालयन बिमक)ले भोटेकोशी बाढी पीडितलाई सहयोग गरेको छ । बाढी प्रभावितहरुको उद्दार तथा पुनर्स्थापनाका लागि १ लाख ५७ हजार नगद सहयोग गरेको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत संघका सदस्यले संकलन गरेको उक्त रकम विमकका सचिव प्रल्हाद तिमल्सिनाले पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओम केसीलाई हस्तान्तरण गरेका हुन् । संघले अन्य बिमकहरुबाट समेत सहयोग संकलन गरेर प्रधानमन्त्री विपद् उद्धार कोषमा जम्मा गर्ने बताइएको छ ।
प्राकृतिक विपत्तिका कारण आफ्नै नेपाली दाजुभाई दिदीबहिनीलाई परेको बज्रपातमा थोरै भए पनि मल्हम लगाउने उद्धेश्यले मानवीय सहयोगको पहल गरेको पेशागत बीमा अभिकर्ता संघ नेपाल (हिमालयन बिमक) का अध्यक्ष रेशम गौतमले जानकारी दिए ।
यस अघि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गएको थियो भने कर्मचारीहरूले राहत सामाग्री हस्तान्तरण गर्नुका साथै रक्तदान आयोजना गरेको थियो ।