२०८३ भाद्र २१ गते , आईतबार

गणेश राईको नेतृत्वमा किराया झापाको नयाँ समिति चयन

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २१ गते , आईतबार
गणेश राईको नेतृत्वमा किराया झापाको नयाँ समिति चयन

बिर्तामोड । गणेश राईको नेतृत्वमा किरात राई यायोखा झापाको नयाँ समिति चयन भएको छ । आइतबार बिहान सम्पन्न किराया झापाको नवौं जिल्ला अधिवेशनबाट गणेश राईको नेतृत्वमा २१ सदस्य नयाँ कार्यसमिति चयन भएको हो।
अधिवेशनबाट चित्रा राई उपाध्यक्षमा चयन भएकी छन् भने अर्को एकजना उपाध्यक्ष माइपश्चिमको लागि खाली राखिएको छ ।
त्यस्तै सचिवमा गौरीमान राई चयन भएका छन् भने सहसचिवत्रयमा सन्देश राई, सुनिल राई र धनकुमार राई चयन भएका छन्।
कोषाध्यक्षमा सन्तोष राई चयन भएका छन्।
सदस्यहरूमा अर्जुनकुमार राई, बिमला बान्तावा राई, बेनु राई, अविरल राई, बदीराम राई, मरिण राई, मानबहादुर बान्तावा राई र अर्पण राई चयन भएका छन् । २१ सदस्य कार्यसमितिमा बाँकी रहेका पाँच जना सदस्य कार्य समितिले चयन गर्ने निर्वाचन समिति सदस्य दिपिन राईले जानकारी दिए ।

सम्बन्धित समाचार