किरात राई यायोक्खाद्वारा अग्रज पत्रकार राई सम्मानित
बिर्तामोड । किरात राई यायोक्खा झापाले अग्रज पत्रकार दीपेन्द्र राई (दिपिन) राईसहित डा. सोफिया थुलुङ राईलाई सम्मान गरेको हो ।
यायोख्खाको ९औँ जिल्ला अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् । संस्थालाई पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै पत्रकार राई तथा किरात समुदायबाट चिकित्सकको गरिमामय पदमा पुग्न सफल भएको भन्दै डा. सोफियालाई सम्मान गरिएको हो ।
यसैगरी झापाका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयमा अधिकृत तहमा कार्यरत आठ जना राई समुदायका कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ।
सम्मानित हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, अर्जुनधारा नगरपालिकाका पशु शाखा प्रमुख पदमलाल राई, कनकाई नगरपालिकाकी योजना शाखा प्रमुख मनिता राई, मेची यातायात व्यवस्था कार्यालयकी लेखा अधिकृत तीर्थमाया राई र कृषि विकास बैंक गौरादह शाखा प्रमुख विकास राई छन्।
त्यस्तै काँकरभिट्टा भन्सार कार्यालयका प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडका प्रमुख राजबहादुर राई र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख निशान राईपनि प्रशंसापत्रसहित सम्मानित भएका छन्।
सम्मानित तथा प्रशंसित व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हताचो राई र यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईले सम्मान तथा प्रशंसापत्र प्रदान गरेका थिए।