२०८३ भाद्र २० गते , शनिबार

१३ जिल्लाका सीडीओ फेरिए, झापामा श्रावणकुमार पोखरेल आउँदै

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १९ गते , शुक्रबार
१३ जिल्लाका सीडीओ फेरिए, झापामा श्रावणकुमार पोखरेल आउँदै

झापा । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।
यस सरुवासँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। पोखरेलले यस अघि इलामको सीडीओको जिम्मेवारीमा रहँदा विभिन्न सुधारका काम गरी चर्चा कमाएका थिए । झापाका सीडीओ शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ ।
यसैगरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई  दाेलखा, गंगा बहाहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
कुलेश्वर अर्याललाई भोजपुर, नवरराज बराललाई जाजरकोट, महेश कुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। 

सम्बन्धित समाचार