सीमामा सशस्त्रद्धारा गोप्रो प्रयोग
बिर्तामोड । सीमा सुरक्षा तथा अवैध गतिविधि निगरानीका लागि सशस्त्र प्रहरीले झापामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । सीमामा हुने गतिविधिको सूचना सङ्कलन तथा निगरानी र प्रमाण संकलनका लागि क्यामेरा प्रयोगमा ल्याइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाले क्यामेराको प्रयोग सुरु गरेको छ । गणले आफूसँग रहेको दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सशस्त्र प्रहरी बल, नेपालको प्रमुख सीमा क्षेत्र काकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ ले यस क्यामेराको उपयोग गरेको सम्भवत: नेपालमै यो पहिलो हो ।
सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले झापा जिल्लामा गणपतिको जिम्मेवारी सम्हालेसगै गण विशेष रुपमा सक्रिय भएको बताइएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा समेत सशस्त्र प्रहरीले उल्लेखनीय सफलता हासिल गरिरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाले जनाएको छ ।