२०८३ भाद्र १६ गते , मंगलबार

एउटै घरमा २४ जनाको शव फेला

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १६ गते , मंगलबार
एउटै घरमा २४ जनाको शव फेला

बिर्तामोड । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताए । 
बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो । 
शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीले बताए । 

सम्बन्धित समाचार