पाथीभरा क्षेत्र विकास समितिले बाढी पीडितलाई १० लाख सहयोग गर्ने
बिर्तामोड । ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिले भोटेकोसी बाढी प्रभावितलाई १० लाख सहयोग गर्ने भएको छ । समितिको सोमवार बसेको बैठकले बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
समितिले प्रधानमन्त्री विपद् राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्राजिन हाङबाङले जानकारी दिए ।
उक्त विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समितिले प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । समितिको बैठकले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका साथै सामाजिक गतिविधिमा सहयोग, अनुदान तथा असहाय र अशक्त व्यक्तिका लागि आर्थिक सहायता, मेला महोत्सव, खेलकुद लगायतका कार्यक्रममा सहयोग प्रदान गर्न छुट्टै आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।