२०८३ भाद्र १६ गते , मंगलबार
११ क्विन्टल गाँजासहित तीन जना पक्राउ
झापा । उदयपुरमा १ हजार १ सय २२ किलो लागूऔषध गाँजा र बोलेरो सहित ३ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-६ बाँकेटार शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वन भित्र खोजतलास गर्ने क्रममा बा. १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको बिभिन्न स्थानहरुमा ५२ वटा प्लास्टिको बोरामा लुकाई राखेको अवस्थामा १ हजार १ सय २२ किलो ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न ताप्ली गाँउपालिका-१ का ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई समेत नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।गाँजा सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।