२०८३ भाद्र १६ गते , मंगलबार

वैदेशिक रोजगार व्यवसायी संघ झापाद्वारा बाढी पीडितलाई सहयोग

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १५ गते , सोमबार
वैदेशिक रोजगार व्यवसायी संघ झापाद्वारा बाढी पीडितलाई सहयोग

बिर्तामोड । वैदेशिक रोजगार व्यवसायी संघ झापाले भोटेकोशी बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । संघले सोमबार पत्रकार भेटघाट गरी चार लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग गर्ने जनाएको हो ।
विशेष अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले प्रकोपमा परी ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै संघको परोपकारी कार्यको प्रशंसा गरे ।
संघका अध्यक्ष धनबहादुर पन्धाकले  बाढी प्रभावितहरूलाई राहत र पुनःस्थापनाका लागि थोरै भएपनि सहजता होस् भन्ने उद्धेश्यले सहयोग गरेको बताए ।  अध्यक्ष पन्धाकले रकम सहयोग गर्ने सम्पूर्ण व्यवसायीलाई धन्यवाद दिए ।
उनले गत वर्षको बाढी प्रभावित इलाम तथा झापाका मानिसहरूलाई समेत सहयोग गर्नुका साथै जेनजी आन्दोलनबाट ध्वस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको पुनःनिर्माणमा समेत संघले सहयोग गरेको स्मरण गरे । कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । 
संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गरेको कार्यक्रम धनबहादुर पन्धाकको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सचिव निरकुमार खत्री (निरन)ले संचालन गरेका थिए । 

सम्बन्धित समाचार