२०८३ भाद्र १५ गते , सोमबार
रसुवा बाढीमा परी इलामका दिवश सुवेदीको मृत्यु
बिर्तामोड । रसुवामा आएको बाढी र पहिरोको चपेटामा परी इलाम सन्दकपुर-३ का ३५ वर्षीय दिवा नन्द सुवेदी (दिवश)को मृत्यु भएको छ ।
रसुवाबाट गाडीमा प्यासेन्जर लिएर जाने क्रममा बेपत्ता भएका उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिचान गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
बाढीमा परी ७९४ जनाको शव फेला परेको छ भने सयौ मानिस हराइरहेका छन् ।