२०८३ भाद्र १४ गते , आईतबार

बिर्तामोडमा फेला परेको शवको पहिचान खुल्यो

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १३ गते , शनिबार
बिर्तामोडमा फेला परेको शवको पहिचान खुल्यो

बिर्तामोड । झापाको बिर्तामोडस्थित एसियन हाइवेमा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार बिहान ४ बजे फेला परेको शव पाँचथर जिल्ला साविक नागी गाविस ६ बस्ने वर्ष ३२ को गायत्री कट्टेल रहेको पुष्टि भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ९११० नम्बरको ट्यांकरले कट्टेललाई ठक्कर दिएर फरार भएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरी स्रोतले जनाएको छ । फरार ट्यांकरलाई मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीस्थित मेट्रो पेट्रोल पम्पमा पार्किङ गरी राखेको अबस्थामा फेला पारी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
ट्यांकरको चालक फरार रहेको र खोजी भइरहेको बताइएको छ ।
कट्टेलको शव झापा बिर्तामोड नपा वडा नम्बर २ स्थित रामचोक नजिकै गन्तब्य होटल अगाडी पूर्व पश्चिम राजमार्गको सडकको बिचमा चोटपटक लागेर लडिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । कट्टेल बसपार्कस्थित बारमा काम गर्ने गरेको र राति मापसे गरी हिँड्दै गरेको बुझिएको छ । 

सम्बन्धित समाचार