२०८३ भाद्र १४ गते , आईतबार

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको शेयर २८ करोड, ६० करोड पुर्याउने लक्ष

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १३ गते , शनिबार
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको शेयर २८ करोड, ६० करोड पुर्याउने लक्ष

बिर्तामोड । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले ६० करोड संस्थापक शेयर पूँजी बनाउने भएको छ । संस्थाको शनिबार बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्वेटमा सम्पन्न छैटौँ वार्षिक साधारण सभाले शेयर पूँजी २८ करोडबाट बढाएर ६० करोड पुर्याउने प्रस्ताव गरेको हो ।
२०७१ सालमा ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्धेश्यले स्थापना गरेको पुष्पलाल स्मृति ऊर्जा सहकारीलाई २०७७ सालमा कम्पनीको रुपमा रुपान्तरण गरिएको थियो ।
लालप्रसाद सावाँ अध्यक्ष रहेको इन्भेष्टमेन्ट कम्पनीले सावाँ अध्यक्ष रहेको गोरक्ष हाईड्रोपावरमा ५ करोड ३० लाख, लालुपाते हाईड्रोपावरमा २ करोड २० लाख, काबेली इनर्जीको ५ करोड, किसान नेट प्रालिमा ५० लाख र लुकाई भिलेजमा ४ करोड लगानी गरेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ ।
टेम्पा शेर्पा, अग्निप्रसाद दुलाल, चन्द्रप्रसाद संग्रौला र यशोदा चापागाईं सञ्चालक रहेको समितिले यस अघि नै १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ ।
कम्पनीमा सबैभन्दा धेरै व्यवसायी नारायण बजाज र टेम्पा शेर्पाको प्रतिव्यक्ति २५ हजार कित्ता शेयर रहेको छ ।
कम्पनीको वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट सरोज श्रेष्ठले वाचन गरेका थिए ।
कम्पनीका लगानी सहजकर्ता सुवास भट्टराई, असारु राजवंशी, रामचन्द्र मैनालीलगायतको आतिथ्य रहेको थियो ।
बिर्तामोड नगर प्रमुख समेत रहेकी कम्पनीका लगानी सहजकर्ता पवित्रा महतारा प्रसाईले स्वागत गरेको कार्यक्रम कम्पनी सचिव भीम लिवाङले सञ्चालन गरेका थिए । 

सम्बन्धित समाचार