२०८३ भाद्र १४ गते , आईतबार

रसुवा बाढीप्रति मार्क्सवादी ज्ञान केन्द्रद्वारा दु:ख व्यक्त

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १२ गते , शुक्रबार
रसुवा बाढीप्रति मार्क्सवादी ज्ञान केन्द्रद्वारा दु:ख व्यक्त

झापा । मार्क्सवादी ज्ञान केन्द्रले रसुवा नाका हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारको एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पुर्‍याउन अपिल गरेको छ।
केन्द्रका महासचिव दुस्यन्त भट्टराईद्वारा जारी शोक वक्तव्यमा विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विपद्को यस संवेदनशील घडीमा सामाजिक सञ्जालमा बीभत्स दृश्य तथा भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै केन्द्रले उच्च मानवीय संवेदना र संयम प्रदर्शन गर्न सबैमा अनुरोध गरेको छ।
केन्द्रले राहत कोषमा आर्थिक तथा जिन्सी सहयोग, बेपत्ताको खोजी, अस्थायी आवास निर्माण तथा प्रभावितहरूलाई मनोसामाजिक परामर्श प्रदान गर्ने कार्यमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार