२०८३ भाद्र १२ गते , शुक्रबार
बाढीले बगाएर ल्याएको शवबाट सुन चोरी गर्ने दुई जना पक्राउ
झापा । रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवको कानमा लगाएको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
भाइरल भिडियोको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उनीहरूलाई पक्राउ गरिरहेको हो ।