२०८३ भाद्र १२ गते , शुक्रबार

कमल थापासँग एकता प्रक्रिया अगाडि नबढ्ने राप्रपा अध्यक्ष लिङ्देनको भनाई

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ११ गते , विहीबार
कमल थापासँग एकता प्रक्रिया अगाडि नबढ्ने राप्रपा अध्यक्ष लिङ्देनको भनाई

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिचको एकता प्रक्रिया अब अघि बढाउन नसकिने अवस्थामा पुगिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
बिहीबार उपत्यकामा उपलब्ध राप्रपाका केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर अध्यक्ष लिङ्देनले एकता प्रक्रियामा देखिएका प्राविधिक, कानुनी तथा राजनीतिक जटिलताबारे जानकारी गराएका हुन् ।
राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले अध्यक्ष लिङ्देनले कमल थापा नेतृत्वको राप्रपा नेपालसँगको एकता प्रक्रिया तत्काल अघि बढाउन नसकिने अवस्था आएको जानकारी गराएको बताए । 
पाठकले भने, ‘अध्यक्षज्यूले अहिलेको अवस्थामा एकता प्रक्रियालाई अगाडि बढाउन नसकिने अवस्था देखिएको जानकारी गराउनुभएको छ ।’
विशेषगरी राप्रपा नेपाल निर्वाचन आयोगमा अझै कानुनी रूपमा अस्तित्वमा रहेको तथा केही प्राविधिक र कानुनी जटिलता देखिएपछि एकता प्रक्रिया अघि बढाउन कठिन भएको लिङ्देनले बताएका थिए । थापाले पछिल्लो समय नेतृत्वलाई चुनौती दिनेगरी अभिव्यक्ति दिन थालेपछि उनी बिच्किएको बताइएको छ । विशेषगरी बागमती सरकार गठनका बेला लिङ्देनको निर्णयलाई प्रदेश सांसदहरूले चुनौती दिँदा कमल थापाले साथ दिएका थिए । 
स्रोतका अनुसार आजै राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । सो बैठकमा पनि यसबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार