२०८३ भाद्र १२ गते , शुक्रबार

बाढी पीडितलाई धौलागिरी सहकारी र कर्मचारीले गरे सहयोग

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ११ गते , विहीबार
बाढी पीडितलाई धौलागिरी सहकारी र कर्मचारीले गरे सहयोग

बिर्तामोड । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको  छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरुका लागि धौलागिरी संस्था र संस्थामा आबद्ध कर्मचारीहरूले रकम सहयोग गरेका हुन् ।
संस्थाको तर्फबाट २५ हजार रुपैयाँ प्रधानमन्त्री प्रकोप राहत कोषमा जम्मा गरिएको संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए । आफ्नै नेपाली दाजुभाई प्रकोपमा परेका कारण सानो भएपनि सहयोग गर्ने उद्देश्यले रकम सहयोग गरेको उनले जानकारी दिए ।
त्यस्तै धौलागिरी सहकारी संस्थामा आबद्ध कर्मचारीहरूले समेत कोषमा रकम सहयोग गरेका छन् । सम्पूर्ण कर्मचारी तथा संस्थाको तर्फबाट गरी करिब १ लाख ५० हजार सहयोग गरेको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए । 

सम्बन्धित समाचार