२०८३ भाद्र १० गते , बुधबार

रसुवामा बाढीको वितण्डा, ठूलो जनधनको क्षति

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र १० गते , बुधबार
रसुवामा बाढीको वितण्डा, ठूलो जनधनको क्षति

बिर्तामोड । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
बाढीका कारण प्रहरी चौकी, पुल, टेलिकमको टावर, आवासीय घर लगायत विभिन्न संरचनामा ठूलो क्षति पुगेको छ ।
कति मानवीय क्षति भयो भन्ने तथ्यांक आइनसकेको बताइएको छ । सरकारले उद्दारका लागि निजी हेलिकप्टरले अनुमति लिनु नपर्ने जनाएको छ । 

सम्बन्धित समाचार