२०८३ भाद्र १० गते , बुधबार
बुधबार सार्वजनिक बिदा
बिर्तामोड । सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।