२०८३ भाद्र ९ गते , मंगलबार

मध्यरातमा भन्सार छलीका लाखौंका सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ८ गते , सोमबार
मध्यरातमा भन्सार छलीका लाखौंका सामान बरामद

बिर्तामोड । भन्सार छलिगरी नेपाल ल्याउँदै गरेको लाखौं मूल्यको आइफोनको पार्ट्स सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेको छ । प्रहरीले सोमबार बिहान १२:५० बजे मेचीनगर ४ बाट १८ लाखको अवैध सामान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बाहुण्डाँगीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रुद्रबिर राईको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मेचीनगर ४ माताचोकमा भारततर्फबाट केही व्यक्तिहरूले टाउकोमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको ४ बोरा विभिन्न किसिमका आईफोन मोबाइलका पार्टसहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल, नं.२ गण हे.क्वा. झापाका सुचना अधिकारी स.प्र.ना.उ. मदन कुमार रसाईलीले जानकारी दिए ।
अठार लाख एक हजार रुपैयाँ बराबरको सो सामाग्री दिउँसो मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको प्रहरीले जनाएको छ । 
सो क्षेत्रबाट ठूलो मात्रामा भन्सार छलीका कपडा, मोटर तथा मोबाइलका पार्ट्स, खाद्यान्न आदि तस्करी हुँदै आएको छ । 

सम्बन्धित समाचार