नेकपा बिर्तामोडको एकता भेला सम्पन्न
बिर्तामोड । नेपाली कम्युनिस्ट पार्टी नगर समिति बिर्तामोड झापाको एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहिबार जनबहादुर जवेगु (जेबी)को संयोजकत्वमा ७५ सदस्य समिति निर्माणसँगै भेला सम्पन्न भएको हो ।
सहसंयोजकमा सुशीला पाण्डे, प्रकाश राई, जनार्दन भट्टराई, रञ्जन धमला र भीम लिङ्देन चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्स सोले पार्टी अहिले कठिन अवस्थामा रहेको तर सिद्धान्तबाट अलिकति पनि विचलित नभएको बताए । प्रख्यात पर्वतारोही निर्मल पुर्जाको प्रसङ्ग कोट्याउँदै नेम्बाङले ठूला दलहरू समेत कहिलेकाहीँ सानो कारणले पछि पर्नु पर्ने धारणा राखे । विकासका दृष्टिकोणले पार्टीले थुप्रै विकासका कामहरू गरेको भए तापनि पुराना दलहरूप्रति हेर्ने आम मानिसको एउटै नजर भएका कारण पछिल्लो निर्वाचनमा पराजय भोग्नु परेको नेमाङले बताए । उनले कार्यकर्ताहरूलाई अलिकति पनि विचलित नभई संगठन निर्माणमा लाग्न आग्रह गरे ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्लाका सह–इन्चार्ज बासु दुलाल, सीपी कडेरिया, केन्द्रीय सदस्यहरू ज्योतिसिंह दर्लामी, गगन पुरी, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक खड्गबहादुर तिम्सिना (पवन), पार्टी केन्द्रीय सदस्य तथा सह–संयोजक बीपी भट्टराई, जिल्ला सह–संयोजक रोम घिमिरे, अखिल नेपाल महिला संगठनका केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, पार्टीका प्रदेश कमिटि सदस्य तथा दुई नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज जितेश योन्जन, सहायक इन्चार्जहरू डाक्टर मुरलीप्रसाद शाह, जोया सुब्बा, पार्टीका २ नम्बर निर्वाचन क्षेत्रका संयोजक कुमार आचार्यको आतिथ्य रहेको थियो ।
यसैगरी कार्यक्रममा सह–संयोजक सरस्वती लिम्बु, निर्वाचन क्षेत्र १ का सह–संयोजक अस्मित कला लिम्बु, प्रदेश सदस्यहरू हिरा राजवंशी, दिपक उप्रेती, बिर्तामोड नगरका इन्चार्ज मोहन सुब्बा, सह–इन्चार्ज कमलप्रसाद कडेरिया, मदन खड्का, गणेश कालिकोटेलगायतको पनि आतिथ्य रहेको थियो । स्वागत सुशीला पाण्डेले गरेको कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, पार्टी केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज बासु दुलालले शुभकामना मन्तव्य राखेका थिए ।