२०८३ श्रावण २१ गते , विहीबार

चट्याङ लागेर १४ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण २० गते , बुधबार
चट्याङ लागेर १४ जनाको मृत्यु

एजेन्सी । भारतकाे जम्मु–कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढीपहिरो र चट्याङका घटनाले जनधनको क्षति बढेको छ ।
झारखण्डमा मंगलबार चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृतकमध्ये सबैभन्दा धेरै ९ जना गिरिडीह जिल्लाका, ३ जना दुमका र २ जना लातेहार जिल्लाका रहेका छन् । घाइतेहरूको अस्पतालमा उपचार जारी छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
जम्मु–कश्मीरको शोपियाँ जिल्लाको जोरा गाउँमा सोमबार राति आएको बाढीले बस्ती, कृषि जमिन र व्यवसायिक प्रतिष्ठानहरू डुबानमा परेका छन् । उत्तरी कश्मीरको बान्डीपोरा जिल्लास्थित सुमलर क्षेत्रमा पनि बाढीका कारण तीनवटा घरमा क्षति पुगेको छ ।

सम्बन्धित समाचार