२०८३ श्रावण १९ गते , मंगलबार
झापामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड । झापाको कनकाईमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कन्काई नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष अन्दाजी ७०-७५ को प्रल्हाद शिवाकोटीको मृत्यु भएको हो ।
आज बिहान अन्दाजी ६:३० बजे कनकाई-४ कोटिहोमस्थित पूर्व पश्चिम रामजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउदै गरेको मे.१.च.५१०४ नम्बरको पिकअप गाडीले दक्षिणबाट उतरतर्फ बाटो क्रस गर्दै गरेको पैदलयात्री शिवाकोटीलाई ठक्कर दिँदा टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागि बोल्न नसक्ने गम्भिर घाइते भएकोमा उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।