२०८३ श्रावण १८ गते , सोमबार

ठूलो मात्रामा लागूऔषध सहित दुई भारतीय कारोबारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण १७ गते , आईतबार
ठूलो मात्रामा लागूऔषध सहित दुई भारतीय कारोबारी पक्राउ

बिर्तामोड । झापाको कन्काई नगरपालिकाबाट ठूलो मात्रामा लागूऔषध सहित दुई जना भारतीय कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शनिबार कन्काई नगरपालिका २ सुरुङ्गा पुल नजिकबाट खैरो हेरोईन १०२ ग्राम, ट्रामाडोल ७२०० क्याप्सुल र नाईट्राभेट ७४५० ट्याब्लेट सहित भारतको बिहार प्रदेश अररिया जिल्ला कुरसाकट्टा ठेगाना भएको वर्ष २७ को अझर अन्सारी र सोही ठाउँ बस्ने वर्ष २८ को महमद एहवाललाई पक्राउ गरेको हो ।
उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरो शाखा काकरभिटा झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमणिमा बुझाएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

सम्बन्धित समाचार